आउदै गरेको साधारणसभाको तयारी स्वरुप गत आ.व.को प्रगति समिक्षा, यस आ.व.को प्रस्तावित कार्ययोजना, बजेट र अडिटरको वित्तिय प्रतिवेदन उपर छलफल तथा अन्तक्रिया गरिएको थियो ।
साथै प्रस्तावित कार्ययोजनामा प्रस्तुत गरिएको प्रस्तावहरुमा गहनरुपमा छलफल गरि अन्तरक्रियाबाट प्राप्त सुझाब तथा प्रतिक्रिया समेट्दै साधारण सभामा पेशगर्ने गरि भएको कार्यक्रमको अध्यक्षता सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकालले गर्नुभएको उक्त कार्यक्रम संचालन र स्वागत मन्तब्य क्रमशः सचिव श्री राजकुमार उप्रेती उपाध्यक्ष श्री तारा देवि सुबेदीले गर्नुभएको थियो । संस्थाको आर्थिक पाटोको(वित्तिय प्रतिबेदन) बारेमा कोषाध्यक्ष श्री विनोद काकीले प्रस्तुति गर्नुभएको थियो । अन्तरक्रियामा समिति, लेखा समिति, विभिन्न उप–समिति, पुर्व संचालक, संस्थापक सदस्य लगायत संस्थाको उच्च ब्यवस्थापन सहति ५६ जनाको उपस्थिती रहेको थियो । अन्तरक्रियमा श्री जगदेव महतो, विदुर प्याकुरेल पवित्रा कुमारी घिमिरे, राम प्रसाद घिमिरे,संस्थापक अध्यक्ष श्री बाबुराम घिमिरे ज्यूले सकारात्मक सल्लाह र सुझाबहरु दिनुभएको थियो भने उठेको जिज्ञासाको बारेमा सचिव र अध्यक्षज्यूले सम्बोधन गर्नुभएको थियो ।
आगामी असोज ६ गते हुने साधारण सभा तथा रक्तदान कार्यक्रम सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएको थियो ।
0:00 / 0:21