सगुन साकोस हरिवन सर्लाही सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था

सगुन साकोस हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ । सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको थियो ।

करदाता सेवा कार्यालय लालबन्दी ले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आयकर तर्फ सर्वाधिक कर तिर्ने करदातामा सगुन साकोस हरिवन सर्लाहीलाई सम्मान गरेको हो ।

कार्यक्रममा करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख नबिन सुबेदीले सगुन साकोस हरिवन सर्लाहीका अध्यक्ष केसब प्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, प्रबन्धक रबिन्द्र राना हरिवन उधोग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते लगाएतका पदाधिकारीहरुको कार्यक्रममा उपश्थिति रहेको थियो ।

सगुन साकोस यस क्षेत्रकै सबै भन्दा उत्कृष्ठ सहकारीको रुपमा स्थापित छ ।सस्थाको सुचना अधिकारी निरोज कुमार दहालले दिएको जानकारी अनुसार हाल सहकारीको कुल सम्पती १ अर्ब ५६ करोड रुपैयाँ सेरोफेरोमा रहेको छ भने सर्लाहीका ६ स्थान बाट आफना १२२०० भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आई रहेकोछ ।

ne_NPNepali