मिति २०८० साल भाद्र २३ गते शनिबारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि.अर्न्तगतको महिला तथा युवा उप–समितिको आयोजनामा संस्थामा महिला सदस्य बिस्तारीत भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकोछ । एक दिने उक्त कार्यक्रम महिला समिति संयोजक श्री पद्मा मोक्तान ज्युको अध्यक्षता हरिवन न.पा. उपमेयर हरिमाया घलान ज्युको प्रमुख आतिथ्यता, मधेश प्रदेश सभाका पुर्ब सदस्य माननीय श्री डिल्ली प्रसाद उप्रेतीज्युको बिशिस्ट आतिथ्यता, जिल्ला बचत संघको अध्यक्ष श्री बाबुराम घिमिरेज्यु सस्थाको उपाध्यक्ष श्री तारा देबि सुबेदीज्यु हरिवन सहकारी संजालको अध्यक्ष श्री राम प्रसाद घिमिरे ज्युको आतिथ्यतामा करिब ४००० महिला सदस्यहरुको उपस्थितमा हरिवन ९ स्थित चतुर्भुजुश्वर माहादेब मन्दिर परिसरमा सम्पन्न भएकोछ । उक्त कार्यक्रम संचालन तथा प्रशिक्षण सस्थाको सचिब तथा शिक्षा उपसमिती संयोजक श्री राज कुमार उप्रेती ज्युले गर्नुभएको थियो भने कार्यक्रम स्वागत मन्तब्य महिला सदस्य श्री देबि कुमारी गर्तौला र सस्थाको आर्थिक गतिविधिको बारेमा प्रबन्धक श्री रबिन्द्र रानाले मन्तब्य दिनु भएको कार्यक्रममा मालिक भईसकेपछी सस्थामा गुणस्तरीय कारोवार,नियमित मासिक बचत गर्ने,कम्तिमा न्युनतम शेयर हरेक बर्ष खरिद गर्नुपर्ने ,सम्पुर्ण बित्तिय कारोबार सस्थामार्फत गर्ने बिषयमा उत्प्रेरणा प्रशिक्षण दिईएको थियो । पुर्व अध्यक्ष तथा जिल्ला बचत संघका अध्यक्ष श्री बाबुराम घिमिरे ज्युले महिला सदस्यहरुलाई सहभागीमा नभै गुणस्तरी आर्थिक सहभागीताको लागि जोड दिनुभएको उक्त कार्यक्रमा सस्थाको सचिब श्री राज कुमार उप्रेती ज्युले आउदो बर्षमा आर्थिक सहभागिताको आधारमा सदस्यहरु सेवा सुबिधा स्तर निर्धारण हुने र सोही अनुरुप उपहारको ब्यबस्था गरीने जानकारी दिनुभएको थियो साथै हिन्दु महिलाहरुको महान पर्व तीज सन्दर्भ जोडिएकोले कार्यक्रमको दोस्रो चरणमा उपस्थित सम्पुर्ण महिला सदस्यहरुले नाचगान लगायतकाको समेत मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।