Chairman’s Message
Chairman's Message
Keshav Prasad Dhakal
सगुन साकोस सहकारीको सिद्धान्त र मूल्य मान्यता अनुरुप समुदायमा आधारित भई संचालन रहेको प्रारम्भीक सहकारी संस्था हो । वि.सं.२०५७ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय बारामा दर्ता भई आज सम्म आईपुग्दा यस सगुन साकोसले २३ औँ बसन्त पार गरी सकेको छ । स्थापना कालमा ३५ जना पूरुष र १ जना महिला गरी जम्मा ३६ जना सदस्य र १ लाख ७६ हजार रुपैयाँ शेयर पूँजीबाट हरिवन, ढुँग्रेखोला, कर्मैया, सासापुर, घुर्कोली, गा।वि।स। कार्य क्षेत्र र एउटा सानो कोठाबाट कार्यालय शुरुवात भएको यो साकोस हाल १ अर्व पचास करोड भन्दा बढीको कारोबार, हरिवन नपा वडा नं. ११ को बजार क्षेत्र मै सुविधा सम्पन्न आफ्नै भवनमा मुख्य कार्यालय, ११ हजार भन्दा बढी शेयर सदस्य, सर्लाही जिल्ला भरी कार्यक्षेत्र, जिल्लाका ५ वटा न.पा. (लालबन्दी, ईश्वरपुर, बागमती, हरिपुर र बरहथवा) का मुख्य बजार क्षेत्रमा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्यहरु बिच सेवा गर्दै आईरहेको छ । बचत र ऋणको अलवा मोवाइल बैकिंङ्ग, एटीएम सेवा, क्यू आर कोड, रेमिट आदी सेवा संचालन गरी सदस्यहरुमाझ सेवा प्रदान गरिरहेको र भरखरै ४ वर्षे रणनिती योजना निर्माण गरी आगामी ४ वर्षको लागि बाटो तय गरेका छौँ भने साकोसको वेबसाईट समेत निर्माण गरेका छौँ ।
संस्थाको परिकल्पना “उत्कृष्ट, व्यवसायिक एवं दिगो वित्तीय सहकारी संस्था” ध्येय “सहकारी मूल्य, मान्यता, सिद्वान्त र प्रविधिमा आधारित सम्पूर्ण वित्तीय तथा गैर वित्तीय सेवा द्वारा सदस्यहरुको समृद्विको लागि सगुन सहकारी” को रुपमा संस्थाको परिकल्पना पुरा गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निरन्तर सहयोग गर्नु हुने सम्र्पूण संघ संस्थाहरु, जिल्ला संघहरु, प्रदेश संघ, केन्द्रीय संघ (नेफस्कून), राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ लगायत नियामक निकायहरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ । साथै निरन्तर सहयोग र सद्भावको लागि समेत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौँ ।
यस संस्था तत्कालिन अवस्थामा समूदायमा छरिएर रहेको पूँजीलाई संकलन गरी सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यका साथ शुरु भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायरा भित्र रही समय सापेक्ष नविनतम सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित गर्न निरन्तर प्रयत्नशिल छौँ । संस्थाले सदस्य माझ वित्तीय सेवाका साथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै आईरहेको छ । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधि मैत्री बनाउने तर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास जारी रहने छ । सदस्य र समुदायको हितको लागि हामीलाई प्राप्त सल्लाह, सुझाबलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौँ ।