सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

सर्लाहीको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता  संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको हो ।

सो अवसरमा मुख्य कार्यालय सहित आफ्ना्े ५ वटै सेवा केन्द्रमा एकैपटक केक काटी विधिवत रुपमा कारोबार गरी स्थापना दिवस मनाएको हो ।
२४ औं स्थापना दिवस ३ दिन सम्म संस्थाले विभिन्न् कार्यक्रमहरु आयोजना गरेको हो ।


पहिलो दिन विद्यालय स्तरिय सगुन ज्ञान मञ्च प्रतियोगिता संचाल गरेको संस्थाले दोस्रो दिन पर्यावरणलाई सफा राख्न हरिवन उद्योग बाणिज्य संघलाई डस्टबिन वितरण र हरिवन १ स्थित शिवेश्वर प्रा.वि. को १९ जना विद्यार्थीहरुलाई स्कुल कपडा र कापि पेन्सिल वितरण गरिएको थियो । तेस्रो दिन एक कार्यक्रम गरि ५८ जना बृद्धबृद्धा शेयर सदस्यलाई सहारा स्वरुप लौरो र खानाको रुपमा हर्लिक्स र विस्कुट वितरण गरिएको थियो ।

यहि अवसरमा उत्कृष्ट बाल बचत कर्ता , नियमित बचतकर्ता, उत्कृष्ठट ब्यवसायी सदस्य, उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान प्रदान गरिएको छ । साथै बिशेष परिस्थितिमा साहासीक कार्य गरि संस्थालाई योगदान गर्नुहुने कर्मचारी  साजन कार्कीलाई कर्मचारी विशेष सम्मान तथा अन्य १० विभिन्न विभागको कर्मचारीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएकोछ । कार्यक्रम संचलन संस्थाको सचिव  राजकुमार उप्रेती ज्यु, स्वागत मन्तब्य उपाध्यक्ष तारादेबी सुवेदी र संस्थाको आर्थिक विषयमा कोषाध्यक्ष  विनोद कार्की र संस्थाको अहिले सम्मको आरोह अवरोहको बारेमा संस्थापक अध्यक्ष  बाबुराम घिमिरेले मन्तब्य राख्नुभएको थियो ।
मधेश प्रदेशमा उत्कृष्ट, ब्यवसायीक र दिगो वित्तिय कारोवार गरि सदस्यलाई भरपार्दो सेवा प्रदान गरिरहेको सगुन साकोसको कुल वासलात १ अर्ब ५४ करोड र सदस्य ११८७१ रहेकोछ ।

en_USEnglish