सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस (रजत जयन्ति) बिभिन्न कार्यक्रम गरि मनाइयो । रजत जयन्तिको अवसरमा यस बर्ष भरि २५ सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम तपसिल बमोजिम कार्यक्रम गरियो ।
मिति २०८१ श्रावण १७ गते
हाजिरिजवाफ प्रतियाेगिता ।
आजको कार्यक्रमा सहभागी विद्यार्थीहरुलाई तिनवटा राउन्डमा प्रतिस्पर्धा गराईएको थियो । संचालक, लेखा समिति सदस्यहरुको सक्रिय सहभागितामा संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रमा उपाध्यक्ष श्री तारादेवी सुवेदी ज्यूले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य, कोषाध्यक्ष श्री बिनोद कार्की ज्यूले वित्तिय विश्लेषण, संस्थापक अध्यक्ष बाबुराम घिमिरे ज्यूले सहकारी ईतिहास बारेमा जानकारी गराउनु भएको कार्यक्रम संचालन सचिव श्री राज कुमार उप्रेती ज्युले संचालन गर्नु भएको थियो ।
सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवन ११ को रजत जयन्ति २५ औं स्थापना दिवस सदस्यहरु सम्मान गर्दै सम्पन्न भएकोहो । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय श्री जवहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका प्रमुख श्री रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलान ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमा वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख श्री केशवराज थापा , वाड नं. १ को वडाध्यक्ष तथा संस्थाको सल्लाहकार श्री टम बहादुर तमाङ, हरिवन नगर सहकारी संजालको संयोजक श्री राम प्रसाद घिमिरे ज्यूको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको पदाधिकारी, संचालक, सल्लाहकार, पुर्व संचालक, लेखा समित सदस्य, उपसमित,सम्मानीत हुने सदस्य, बाल बचत कर्ता,कर्मचारी लगाएत १०० जनाको उपस्थिति रहेको थियो ।
आज २५ औं बसन्तको अबसरमा रजत जयन्ति लोगो आधिकारीरुपमा प्रकाशन गरिएको कार्यक्रममा उत्कृष्ट बचत कर्ता सम्मान, उत्कृष्ट नियमति बचत कर्ता सम्मान, उत्कृष्ट ब्यवसायी सम्मान, उत्कृष्ट बाल बचत सम्मान १० जना र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पुर्व लेखा समिति सदस्य श्री जय शंकर सिंह, सल्लाहकार श्री डोर प्रसाद भट्टराई, सल्लाहकार श्री बिदुर कुमार प्याकुरेल, संजाल अध्यक्ष श्री राम प्रसाद घिमिरे, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघको अध्यक्ष श्री मन्दिरा आचार्य, वडाध्यक्ष श्री केशवराज थापा,उपमेयर श्री हरिमाय घलान, मेयर श्री रमेश बुढाथोकी ज्युले सुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा उपाध्यक्ष तारा देबी सुबेदी ज्यूले स्वागत, संस्थाको वित्तय अवस्था बारे कोषाध्यक्ष श्री विनोद कार्की र संचाल सचिव श्री राजकुमार उप्रेती ज्यूले गर्नुभएको थियो । प्रमुख अतिथि श्री जवारलाल कुशवाहले सहकारीहरुमा सगुन नीति विधिमा चल्ने जिल्लाकै उत्कृष्ट सहकारी रहेको बताउनुभएको कार्यक्रमको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्युले सदस्य ज्यूहरुलाई अहिलेको भन्दा बढी सेवा उपलब्ध गराउने प्रण गर्नुभएको कार्यक्रममा २५ औं बसन्तको केक काटिएको साथै दिप प्रज्वलन गरिएको थियो ।



