सगुन बचत तथा ऋण सहकारी संस्था लि. को बाल भेला २०८१ सम्पन्न ।

आज मिति २०८१ साल फागुन १७ गते शनिवारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा बाल भेला २०८१ सम्पन्न भएकोछ ।
११० जना बाल बचत कर्ताहरुको उपस्थितिमा मिठो खाने कुराको परिकार र रमाईला कार्यक्रम सहित बाल बचत कर्ताहरुको भेला सम्पन्न भएको हो । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष श्री राज कुमार उप्रेती ज्यु र कोषाध्यक्ष श्री पदमा मोक्तान ज्यूले कार्यक्रमको औचित्य सहित स्वागत र संचालन सचिव श्री बिनोद कार्की ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाको लेखा सुपेरिवेक्षण समिति संयोजक श्री जय शंकर सिंह, संचालहरु श्री हरि प्रसाद पुडासैनी, श्री टिकाजंग थापा, श्री मुखचन्द्र महतो श्री बाला कुमारी थापा खड्का सल्लाहकार समिति सदस्य श्री तारा पोखरेल, श्री पुनमा पाख्रिन, संस्थाको प्रबन्धक श्री रविन्द्र राना लगायत कर्मचारीहरु, महिला उपसमिति सदस्यहरु र सेवाकेन्द्रमा रहनु भएको महिला सदस्य लगाएत संस्थाको करिव १५० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बाल बालिकाहरुको लागी वित्तिय शिक्षा दिने उदेश्यले “सगुनको बचत यात्रा” भन्ने नाटक मञ्चन गरिएको थियो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछ?? सगुनमा बाल बचत खाता खोल्दा के के फाईदा हुन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो ।
उक्त अवरमा भएको बाल बालिकाहरुको रमाईलो नृत्य प्रतियोगितामा प्रथम श्री रिजु पोखरेल, द्धितिय श्री ईभान्स बाईवा, तृतिय श्री एन्जिला घिमिरे र श्री मिनसाङ लामा भएको थियो भने रमाईलो म्युजिकल चियर प्रतियोगितामा प्रथम श्री आर बि थापा, द्धितिय श्री नारायणी बराल र तृतिय श्रीजल खड्का हुनु भएको थियो। बालबालिकाको रमाईलो चम्चा दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम श्री प्रबित थापा, द्धितिय श्री कविर जंग थापा तृतिय श्री कोशिश लुईटेल र महिला तर्फ प्रथम श्री अनिशा कुमारी महतो, द्धितिय श्री एजलिन घिमिरे तृतिय श्री एलिका कार्की हुनुभएको थियो । त्यस्तौ रमाईलो घैला फोर प्रतियोगितामा श्री र्सजल खड्का घैला फोड्न सफल हुनु भएको थियो । यसको अलवा रमाईलो सामुहिक रुपमा बालिकाहरुको डोरी तान प्रतियोगिता र बालकहरुको डोरी तान प्रतियोगिता र सामुहिक रुपमा सामान्य ज्ञान प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त खण्डको कार्यक्रम सञ्चालन संस्थाका यूवा उप–समिति सदस्य श्री युवराज भण्डारी ज्यूले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य बालबालिकाहरुलाई बचत कार्यक्रममा सहभागीताको साथै बचत गर्ने बानिको निरन्तर बिकास गर्न उत्प्रेरित गर्न रहेको संस्थाको अध्यक्षले बताउनु भएको कार्यक्रममा बाल बालिकाहरुलाई विभिन्न प्रकारको मिठो परिकार पकाई कार्यक्रम सफल पारिएको थियो ।
en_USEnglish