सगुन बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा सम्पन्न ।
संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा यस संस्थाको संस्थापक अध्यक्ष तथा जिल्ला बचत संघ सर्लाहीको अध्यक्ष श्री बाबुराम घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा माघ २१ गते सम्पन्न भएको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष श्री तारादेवि सुबेदी तथा संचालन तथा यस समिक्षाको उदेश्यको बारेमा सचिव श्री राज कुमार उप्रेती ज्युले प्रस्तुतिकरण गर्नू भएको उक्त कार्यक्रमा संस्थाको कोषाध्यक्ष श्री विनोद कार्की लगायत संचालक समिति,विभिन्न उप–समिति, सल्लाहकार तथा कर्मचारी गरि ४१ जनाको सहभागीता रहेको थियो ।
संस्थाको सेवाकेन्द्र प्रमुखहरु, विभागिय प्रमुखहरु र प्रबन्धक श्री रविन्द्र रानाले आआफ्नो प्रगति समिक्षा प्रस्तुत गर्नु भएको कार्यक्रममा अहिले विश्वब्यापि रुपमा रहेको तरलता संकटको बाबजुद संस्थाले तरलता ब्यवस्थापन गर्दै सदस्यहरुको साना साना आवश्यकतालाई परिपुर्ति गदैै संस्थाको बार्षिक लक्ष्य प्राप्तिको लागि विशेषत कर्मचारीवर्ग अग्रसर रहिहनुपर्ने कुरा औल्याईएको थियो । विशेष गरि अल्पकालिन बचत भन्दा दिर्घकालिन प्रकारको बचतलाई आकर्षण गर्न र तरलता ब्यवस्थापन गर्न धेरै बाह्य ऋणको भरमा नपर्ने गरि योजना र कार्यसम्पादन गर्न सुझाव सहित कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।