सगुन सहकारीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को कारोबारबाट चार करोड २६ लाख रुपैयाँ भन्दा धेरै मुनाफा गरेको छ।

सगुनको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष केशव ढकालले यो जानकारी गराएका हुन्।

‘गएको आर्थिक वर्षमा एक अर्ब ५१ करोड ६४ लाख ३७ हजार ७६ रुपैयाँको कारोबार गरेर संस्थाले चार करोड २६ लाख ६८ हजार २ सय ४४ रुपैयाँ खुद मुनाफा गरेको छ,’ अध्यक्ष ढकालले भने, ‘गत वर्षको मुनाफाबाट शेयर सदस्यलाई ११ दशमलव ३४ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौँ।’

कार्यक्रममामधेस प्रदेशको उत्कृष्ट ब्यवसायीक एवं दिगो संस्था सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकालको अध्यक्षतामा संविधान सभा सदस्य पुर्व रक्षा मन्त्रि तथा संघिय संसद माननिय श्री हरि प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश माननिय संसद श्री जवारलाल कुशवाह र हरिवन न.पाको प्रमुख श्री रमेश बुढाथोकी,उपप्रमुख हरिमाया घलान, पुर्व मधेस प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती ज्यु, नेफस्कुनको संचालक श्री हरेराम पट्टेल, जिल्ला बचत संघको अध्यक्ष श्री मन्दिरा आचार्य, संस्थाको संस्थापक अध्यक्ष श्री बाबुराम घिमिरे ज्यूको विशिष्ट आतिथ्यतामा हरिवन सहकारी संजालको संयोजक श्री राम प्रसाद घिमिरे ज्यु, वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

आ.वा ०७९/०८० मा संस्थाले १ अर्व ५१ करोड कारोवार गर्दै ४ करोड २६ लाख नाफा गरि ११.३४ प्रतिशत शेयर लाभांस सहित आ.व. ०८०/०८१ को बजेट तथा कार्यक्रम पारित गरेको हो ।
संस्थाको उपाध्यक्ष श्री तारादेवी सुवेदी ज्युले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष श्री विनोद कार्की ज्यूले वित्तिय अवस्था र संचालन सचिव श्री राजकुमार उप्रती ज्युले गर्नुभएको थियो ।

त्यसक्रममा उनीहरुले मधेश प्रदेशकै उत्कृष्ट र दिगो संस्थाको रुपमा स्थापित सगुनले शेयर सदस्यहरुको आर्थिक जीवनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

साधारण सभाको अवसरमा सगुनले प्रादेशिक रक्त संचार भरतपुरको सहकार्यमा सञ्चालन गरेको रक्तदान कार्यक्रमबाट १०५ प्रिन्ट रगत संकलन भएको संस्थाका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए।

सगुनमा सात हजार १४९ जना महिला, ४ हजार ४ सय ८४ जना पुरुष र १९८ समूह सदस्य गरी ११ हजार ८ सय ३१ जना शेयर सदस्य छन्।

हरिवनमा प्रधान कार्यालय रहेको सगुनले सर्लाहीको लालबन्दी, बागमती, बरहथवा, ईश्वरपु र हरिपुर नगरपालिकामा सेवा केन्द्र संचालन गर्दै आएको छ।

सेवाग्राहीलाई एटीएम सुविधा मार्फत् पनि सेवा दिँदै आएको सगुनले सगुन शिक्षा आवासीय विद्यालय पनि सञ्चालन गरेको छ।

en_USEnglish