सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको साधारण सभा सम्पन्न ।
संस्थाको २५ औं बार्षिक साधारण सभा संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा संविधान सभा सदस्य, पुर्वमन्त्रि तथा माननीय श्री हरि प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यतामा प्रदेश माननीय श्री जवहारला कुशवाह ज्यू, हरिवन नगर प्रमुख श्री रमेश बुढाथोकी ज्यू, बरहथवा नगरप्रमुख श्री कल्पना कटवाल ज्यू , हरिवन नगर उपप्रमुख श्री हरिमाया घलान ज्युको विशिष्ट आतिथ्यत, जिल्ला बचत संघका अध्यक्ष श्री मन्दिरा आचार्य ज्यू, ईलाका प्रशासन कार्यलय प्रमुख श्री राजकुमा थापा ज्यू, राष्ट्रिय सहकारी बैंक हरिवन प्रमुख, नेफस्कुन हरिवन प्रमुख लगाएत विभिन्न संघ संस्था, सुरक्षा निकाय लगायत संस्थाको संचालक, लेखा समिति, विभिन्न उपसमति, कर्मचारी र सदस्यहरुको उपस्थितिमा सगुन आवाशिय विद्यालय परिसरमा असोज ६ गते सम्पन्न । संस्थाको उपाध्यक्ष श्री तारा देबी सुबेदी ज्युले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सगुन आवाशिय विद्यालयको विधार्थीहरुले स्वागत नृत्य, सल्लाहकार, अतिथि, सहकारी कर्मी, विशिष्ट अतिथि, प्रमुख अतिथि लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने संचालन संस्थाको सचिव श्री राज कुमार उप्रेती ज्यूले गर्नु भएको थियो ।
संस्थाको बन्द सत्रमा कोषाध्यक्ष श्री कोषाध्यक्ष श्री विनोद कार्की ज्युले आर्थिक पाटो तथा वित्तिय प्रतिवेदन , लेखा समिति सदस्य श्री दुर्गा प्रसाद उप्रेती ज्यूले लेखा समिति प्रतिवेदन, सचिव श्री राज कुमार उप्रेती ज्युले समिक्षा प्रतिवेदन पेश गर्नु भएको कार्यक्रममा संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूले १६ प्रस्ताव मध्ये १५ प्रस्ताव सर्वसम्मतीले एकएक गर्दै पास गर्नुभएकोमा एउटा प्रस्ताव समितिको निर्वाचन सम्बन्धामा धेरै आकांशि देखिएको हुदा सर्वसम्मत रुपमा चयन गर्न तिन सदस्य निर्बाचन समितिलाई केही समय सहित अख्तियारी प्रदान गरिएको थियो ।
उक्त अवसरमा सामाजिक कार्यक्रम अन्तरर्गत नेपाल रेडक्रम सोसाईटि प्रादेशिक रक्त संचार केन्द्रको प्राविधक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदिई सहयोग गर्नुभएको थियो । रक्तदान गर्ने सदस्य मानुभावहरुलाई सगुन साकोसको तर्फ बाट मायाको चिनो स्वरुप टि शर्ट प्रदान गरिएको थियो ।
जय सहकारी । जय सगुन ।।