सगुन साकोसको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न ।

सस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक,लेखासुपरिवेक्षण समिती,ऋण उपसमिति र कर्मचारी गरि ४३ जनाको सहभागीतामा सम्पन्न ।
संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा  माघ १९  गते सम्पन्न भएको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष श्री पदमा मोक्तान तथा संचालन तथा यस समिक्षाको उदेश्यको बारेमा सचिव श्री बिनोद कार्की  ज्युले प्रस्तुतिकरण गर्नू भएको उक्त कार्यक्रमा संस्थाको लेखा सुपरिबेक्षक समिति संयोजक श्री जय शंकर सिंह ज्यु ले भर्खरै संचालित बूट क्याम्प तालिमको बारेमा समिक्षा गर्दै  प्रस्तुतीकरण दिनु भएको थियो। कार्यक्रममा  संचालक समिति, विभिन्न उप–समिति, सल्लाहकार तथा कर्मचारी गरि ४३  जनाको सहभागीता रहेको थियो ।
संस्थाको सेवाकेन्द्र प्रमुखहरु, विभागिय प्रमुखहरु र प्रबन्धक श्री रविन्द्र रानाले आआफ्नो प्रगति समिक्षा प्रस्तुत गर्नु भएको कार्यक्रममा अहिले विश्वब्यापि रुपमा रहेको मन्दी को बाबजुद संस्थाले तरलता ब्यवस्थापन गर्दै सदस्यहरुको साना साना आवश्यकतालाई परिपुर्ति गदैै संस्थाको बार्षिक लक्ष्य प्राप्तिको लागि विशेषत कर्मचारीवर्ग अग्रसर रहिहनुपर्ने कुरा औल्याईएको थियो । विशेष गरि अल्पकालिन बचत भन्दा दिर्घकालिन प्रकारको बचतलाई आकर्षण गर्न र तरलता ब्यवस्थापन गर्न र भाखा नाघेका ऋण व्यवस्थापन गर्दै ऋण लगानी गर्न  योजना र कार्यसम्पादन गर्न सुझाव सहित कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।
en_USEnglish