सगुन साकोसको आयोजनामा निबन्ध लेखन तथा बाचन प्रतियोगितामा जनज्योती बहुमुखी क्याम्पस प्रथम ।

सगुन साकोसको आयोजनामा ६७ औं सहकारी दिवसको अवसर पारेर आज १९ गते सोमबारको दिन सर्लाही जिल्ला भरि संचालनमा रहेको स्नातक तहमा अध्ययनरत क्याम्पसको विद्यार्थीहरुले सहकारीलाई कसरी बुझेकाछन् भन्ने जिज्ञासालाई मध्येनजर गर्दै सहकारी संस्थाको सकारात्मक पाटो र सुधार गर्नुपर्ने पक्षहरु समेटी बर्तमान समयमा सहकारीप्रतिको धारणा भन्ने शिर्षकमा खुल्ला निबन्ध लेखन तथा बाचन प्रतियोगिता सम्मन्न भएकोछ । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकालज्युको अध्यक्षतामा सम्मन्न कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य श्री डिल्ली प्रसाद उप्रेती, चतुरभुजेश्वर बहुमुखी क्याम्पस ब्यवस्थापन अध्यक्ष श्री राम शरण उप्रेती,संस्थापक अध्यक्ष श्री बाबुराम घिमिरे, वड न. १० वडाध्यक्ष श्री शम्भु प्रसाद मैनाली ,नगर सहकारी संजाल संयोजन श्री राम प्रसाद घिमिरे लगाएत संचालक समति सदस्य र क्याम्पस प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम सचिव श्री राज कुमार उप्रेती ज्युले संचालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष श्री तारादेवि सुवेदी ज्युले गर्नुभएको थियो । सहभागी तथा बिजेता सम्पुर्ण क्याम्पसहरुलाई हार्दिक बधाई । १.प्रथम श्री जनज्योती बहुमुखी क्याम्पस लालबन्दी २.द्धितिय श्री चतुरभुजेश्वर बहुमुखी क्याम्पस हरिवन ३.तृतिय श्री नारायण बहुमुखी क्याम्पस ईश्वरपुर ४.सान्त्वना श्री शुभ जनता बहुमुखी क्याम्पस बरहथवा ५.सान्त्वना श्री कर्मैया आदर्श जनता क्याम्पस बागमती #जयसहकारी #उत्कृष्ट_ब्यवसायीक_एवं_दिगो_वित्तिय_सहकारी_संस्था

en_USEnglish