सहकारी विभागद्वारा मिति २०८१ .भाद्र ०९ मा जारी निर्देशन बमोजिम २०८१ असोज मसान्तसम्मको विवरणमा आधारित श्वेतपत्र।

सगुन बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित सरकारी संस्था भएको जानकारी सर्वविदितै छ । सदस्यहरुको हित र आवश्यकतालाई अधिकतम महत्वको साथ आत्मासाथ गर्दै अगाडि बढिरहेको, सहकारीको भावना र निति, विधि, प्रविधिलाई केन्द्रमा राखि कार्यगर्दै आईरहेको छ । संस्थाले रणनितिक योजना, वार्षिक लक्ष्य र सामाजिक उत्तरदायित्वलाई निरन्तर नियमति रुपमा परिपालना गरिरहेकोछ । हाल विश्वव्यापी मन्दि संगै धेरै संस्थाहरु धारासायी हुन पुगेको अवस्थामा हाम्रा सुचकांकहरु राम्रा छन तथापी भाखा नाघेको ऋण बढ्ने क्रममा रहेकोले ऋण नोक्सान कोषको पर्याप्त ब्यवस्थापनले गर्दा आम्दानी भन्दा खर्च बढि देखिएकोछ । संस्थाको मेरुदण्ड मानिने संस्थागत पुँजी ८ प्रतिशत भन्दा माथि छन । । जसको कारक तत्व नितिगत सुरक्षित ब्यवस्था र आन्तरिक सुक्ष्म व्यवस्थापन नै हो । यसो हुदाहुदै पनि हाल आएर निर्दिष्ट लक्ष्यहरु पुर्णरुपले प्राप्त गर्न कठिनाई नभएको होईन तर हामि निरन्तर सो पथमा लागिरहेका छौ । हाम्रो योजनामा संस्था उत्कृष्ट, व्यवसायिक एवं दिगो सहकारी बनाउने परिकल्पनामा हामी ईमान्दार भएर लागी परेकाछौ । हाम्रो लक्ष्य सदस्यहरुको सम्पुर्ण वित्तिय तथा गैर वित्तिय समस्याको सामाधान रहेकोछ । सो कार्य गर्नमा हामि पुर्णरुपमा लागि परेकाछौ । बचतमा तरलताको मात्रा अत्याधिक रहेकोले फिर्ताको लागी कुनै समस्या छैन । साथै नगरको, जिल्लाको, प्रदेशको संगै देशकै उत्कृष्ट सहकारी बन्ने दिशामा हाम्रो कार्यक्रमहरु निर्दिष्ट रहेका छन । सो लक्ष्य हामी प्राप्ती गर्नेछौ ।
जय सहकारी ।
जय सगुन ॥

स्वेतपत्र हेर्नको लागी तलको लिंकमा थिच्नु होला ।

Swet patra 2081

en_USEnglish