सगुन बचत तथा ऋण सहकारी संस्था लि. को बाल भेला २०८१ सम्पन्न ।

आज मिति २०८१ साल फागुन १७ गते शनिवारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा बाल भेला २०८१ सम्पन्न भएकोछ । ११० जना बाल बचत कर्ताहरुको उपस्थितिमा मिठो खाने कुराको परिकार र रमाईला कार्यक्रम सहित बाल बचत कर्ताहरुको भेला सम्पन्न भएको हो । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा भएको […]

सगुन साकोसका नया समिति तथा उपसमितिका लागि ‘लीडरशीप बुटक्याम्प’ सम्पन्न ।

सर्लाही : सगुन साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सोमबारबाट पर्यटकीय नगरी पोखरामामा तीन दिने ‘लीडरशीप बुटक्याम्प’ सम्पन्न भएको छ । तालिममा साकोसको सञ्चालक समिति, सल्लाहकार, उपसमिति, उच्च व्यवस्थापन गरी ३३ जनाको सहभागिता रहेको थियो  । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता तथा नेफ्स्कूनकी सञ्चालक कमला देवी गिरीको प्रमुख आतिथ्यतामा ‘लीडरशीप बुटक्याम्प’ को उद्घाटन गरिएको […]

सहकारी विभागद्वारा मिति २०८१ .भाद्र ०९ मा जारी निर्देशन बमोजिम २०८१ असोज मसान्तसम्मको विवरणमा आधारित श्वेतपत्र।

सगुन बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित सरकारी संस्था भएको जानकारी सर्वविदितै छ । सदस्यहरुको हित र आवश्यकतालाई अधिकतम महत्वको साथ आत्मासाथ गर्दै अगाडि बढिरहेको, सहकारीको भावना र निति, विधि, प्रविधिलाई केन्द्रमा राखि कार्यगर्दै आईरहेको छ । संस्थाले रणनितिक योजना, वार्षिक लक्ष्य र सामाजिक उत्तरदायित्वलाई निरन्तर नियमति रुपमा परिपालना गरिरहेकोछ । हाल विश्वव्यापी मन्दि […]

सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस कार्यक्रम

सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं स्थापना दिवस (रजत जयन्ति) बिभिन्न कार्यक्रम गरि मनाइयो । रजत जयन्तिको अवसरमा यस बर्ष भरि २५ सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम तपसिल बमोजिम कार्यक्रम गरियो । मिति २०८१ श्रावण १७ गते हाजिरिजवाफ प्रतियाेगिता । सगुन बचत तथा ऋण सहकारी संस्था लि.हरिवनको २५ औं गौरवमय […]