चतुर्भुजुश्वर माहादेब मन्दिर परिसरमा सम्पन्न

आज मिति २०७९ साल भाद्र १० गते शुक्रबारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि.अर्न्तगतकाे महिला तथा युवा उप–समितिको आयोजनामा सस्थामा महिला सदस्य सहभागितामा गुणस्तरीयता निर्माण सम्बन्धि प्रशिक्षण तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकोछ । एक दिने उक्त कार्यक्रम उपाध्यक्ष श्री तारादेबी सुबेदिको अध्यक्षता प्रदेश सभा सदस्य माननीय श्री डिल्ली प्रसाद उप्रेतीज्युको प्रमुख आतिथ्यता हरिवन न.पा. मेयर रमेश बुढाथोकी र उपमेयर हरिमाया घलान ज्युको बिशिस्ट आतिथ्यता जिल्ला बचत संघको अध्यक्ष श्री बाबुराम घिमिरे सस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल हरिवन सहकारी संजालको अध्यक्ष श्री राम प्रसाद घिमिरे ज्युको आतिथ्यतामा करिब ४००० महिला सदस्यहरुको उपस्थितमा हरिवन ९ स्थित चतुर्भुजुश्वर माहादेब मन्दिर परिसरमा सम्पन्न भएकोछ । उक्त कार्यक्रम संचालन तथा प्रशिक्षण सस्थाको सचिब तथा शिक्षा उपसमिती संयोजक श्री राज कुमार उप्रेती ज्युले गर्नुभएको थियो भने कार्यक्रम स्वागत मन्तब्य महिला सदस्य श्री देबि कुमारी गर्तौला र सस्थाको आर्थिक गतिविधिको बारेमा कोषाध्यक्ष श्री बिनोद कार्कीज्युले मन्तब्य दिनु भएको कार्यक्रममा मालिक भईसकेपछी सस्थामा गुणस्तरीय कारोवार,नियमित मासिक बचत गर्ने,कम्तिमा न्युनतम शेयर हरेक बर्ष खरिद गर्नुपर्ने ,सम्पुर्ण बित्तिय कारोबार सस्थामार्फत गर्ने बिषयमा उत्प्रेरणा प्रशिक्षण दिईएको थियो ।पुर्व अध्यक्ष तथा जिल्ला बचत संघका अध्यक्ष श्री बाबुराम घिमिरे ज्युले महिला सदस्यहरुलाई सहभागीमा नभै गुणस्तरी आर्थिक सहभागीताको लागि जोड दिनुभएको उक्त कार्यक्रमा सस्थाको अध्यक्ष श्री केशब प्रसाद ढकालजुले आउदो बर्षमा आर्थिक सहभागिताको आधारमा सदस्यहरु सेवा सुबिधा स्तर निर्धारण हुने जानकारी दिनुभएको थियो साथै हिन्दु महिलाहरुको महान पर्व तीजको समेत सन्दर्भ जोडिएकोले कार्यक्रमको दोस्रो चरणमा उपस्थित सम्पुर्ण महिला सदस्यहरुले नाचगान लगायतका मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।उक्त अवसरमा सदस्य बन्दा प्रवेश शुल्क छुट गरिएको थियो साथै सस्थाको बारेमा सर्बेक्षण पनि गरिएको थियो ।

en_USEnglish