सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । संस्थाले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरेको हो । संस्थाको महिला उपसमिति संयोजक बाला कुमारी थापा मगर खड्काको अध्यक्षतामा हरिवन नगरपालिकाको नगर उपप्रमुुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका सदस्य जुत्ता चप्पल विक्री गर्ने सुुमित्रा सार्की, नाम्लोडोरी विक्री गर्ने चम्पादेबी ढुंगेल, फलफूुल विक्री गर्ने पवनी देवी साहा, होटल व्यवसाय गर्ने सुकुमाया माझी र चण्डिका मगरलाई सम्मान गरेको हो । त्यही अवसरमा उद्यमशिलता गरि महिला सशक्तिकरणमा सहयोग पुुर्याउने पाँच जना महिला सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल थिममा अन्तरक्रिया भएको थियो । संस्थाका अध्यक्ष केशवप्रसाद ढकालले समान अधिकार र महिला सशक्तिकरण विषयमा प्रस्तुुति राखेका थिए । कार्यक्रममा महिला सशक्तिकरण सम्बन्धि रोचक भिडियो र कर्मचारी मिनाकुुमारी श्रेष्ठ तथा सम्झनाकुुमारी दहालले स्वागत नृत्य गरेकी थिइन् । कार्यक्रम महिला उपसमति सदस्य संगिता लामाले स्वागत मन्तव्य र सदस्य अनिताकुुमारी कर्णले शुुभकामना तथा कर्मचारी शोभा न्योपानेले संचालन गरेकी थिइन् ।